काठमाडौँ । तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि छानविन गर्न ५ दिन समय थपिएको छ । मंगलबारदेखि लागू हुनेगरी छानविन समितिले ५ दिनको समय थपेको हो ।
छानविन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीका अनुसार समितिले गुरुङसँग बयान लिइसकेको छ ।
विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदार रहेको आरोपपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानविन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् । उक्त समितिलाई छानविन गर्न सुरुमा १५ दिनको म्याद दिइएको थियो । सो समय सोमबार सकिएको छ ।
योसँगै समितिले छानविनका लागि थप ५ दिनको म्याद थप गरेको छ । पाँच दिनको म्याद आज (मंगलबार) देखि लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्