Skip to content
LAXMI SUNRISE BANK

सूर्यदर्शन सहकारी ठगी प्रकरणः १७ करोड तिर्ने कबुल गरेपछि ५ लाख धरौटी तिरेर छुटे महेन्द्र भोटे

अर्थ सरोकार

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे रिहा भएका छन् । भोटे ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । 

१७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनलाई धरौटीमा छोडिएको हो । भोटेलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

नेकपा एमालेनिकट युवा संघका नेतासमेत रहेका भोटेले सूर्यदर्शन सहकारीबाट साढे ८ करोड रुपैयाँ लगेर हिनामिना गरेको देखिएको थियो । उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) हाल फरार छन् । 

सूर्यदर्शन सहकारी प्रकरणबारे जिल्ला अदालतमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK