Skip to content
LAXMI SUNRISE BANK

विद्युत महसुल समायोजन गर्ने सरकारको तयारी, हिउँदभन्दा वर्षायाममा सस्तो बनाइने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले बिजुलीको महसुल समायोजन गर्ने तयारी गरेको छ । सरकारले वर्षायाम र सुख्खायामका लागि छुट्टाछुट्टै महसुल निर्धारण गर्नेगरी बिजुलीको मूल्य समायोजन गर्ने तयारी गरेको हो । 

उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुख्खायामको भन्दा वर्षायाममा बिजुलीको महसुल सस्तो पर्नेगरी मूल्य समायोजन गर्ने सरकारको तयारी छ ।

वर्षायाम र सुख्खायाममा बिजुलीमा छुट्टाछुट्टै महसुल लाग्ने र सुख्खायामको तुलनामा वर्षायामको महसुल सस्तो हुँदा ५ प्रतिशत भ्याटको असर उपभोक्तामा नपर्ने अपेक्षा गरिएको छ । 

यसो त वर्षायाममा सुख्खायामको तुलनामा बढी बिजुली उत्पादन हुन्छ । बिजुली उत्पादन बढी र खपत कम हुँदा विद्युत खेर जाने स्थिति बन्छ । त्यही कारण बढी विद्युत उत्पादन हुने समयमा बिजुली महसुल घटाएर उपभोक्तालाई राहत दिनेगरी सरकारले तयारी अघि बढाएको हो । 

हाल वर्षायाममा बढी भएको विद्युत सरकारले भारत र बंगलादेश निर्यात गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK