Skip to content
LAXMI SUNRISE BANK

फिफा विश्वकप २०२६ को रोमाञ्चक यात्रा जारी, डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ ।

फुटबल समर्थकहरूको फरक-फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ । घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेका छन् ।

डिगो एपमार्फत नेपालभित्र जहाँसुकै विश्वकप

डिगो एप नेपालभित्र मात्र उपलब्ध इन्टरनेटमा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म हो, जसमार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।

मोबाइल पास-रु.५४९

मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि यो सबैभन्दा किफायती विकल्प हो । यो पासमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिने भए पनि एक पटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

सिजन पास–रु.९९९

अझ बढी सुविधा र बहु–उपकरण पहुँच चाहने दर्शकहरूका लागि रु. ९९९ को सिजन पास उपलब्ध छ । यस पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिनेछ । मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपको रोमाञ्चकता अनुभव गर्न सकिनेछ ।

टेलिभिजनमा फुल एचडी अनुभव

परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि डिशहोमले रु. ९९९ मा टेलिभिजन सिजन पास उपलब्ध गराएको छ । यसमार्फत ग्राहकहरूले डिशहोम डीटीएच एचडी सेट-टप बक्स तथा आईपी टिभी सेट-टप बक्समा फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । यस सुविधाको लाभ लिन सक्रिय नियमित सदस्यता अनिवार्य हुनेछ ।

आफ्नो आवश्यकता अनुसार सही पास छनोट गर्नुहोस्:

डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएको स्पष्ट पारेको छ । रु. ९९९ को डिगो सिजन पासमार्फत ग्राहकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू हेर्न सक्नेछन् । त्यसैले एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेलको मज्जा लिन सक्नेछन् ।

तर, डिशहोम डीटीएच सेट-टप बक्स वा डिशहोम आईपी टिभी सेट–टप बक्समार्फत विश्वकप हेर्न चाहने ग्राहकहरूले टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ। डिगो सिजन पासले डिशहोम डीटीएच वा आईपी टिभी सेवामा पहुँच प्रदान गर्दैन ।

यदि कुनै ग्राहकले डिशहोमको डीटीएच वा आईपी टिभी सेट–टप बक्समार्फत घरको टेलिभिजनमा तथा बाहिर रहँदा डिगो एपमार्फत मोबाइल वा अन्य डिजिटल उपकरणमा विश्वकप हेर्न चाहनुहुन्छ भने डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै छुट्टाछुट्टै खरिद गर्नुपर्नेछ ।

सजिलै खरिद र तत्काल सक्रियता

विश्वकपका कुनै पनि महत्वपूर्ण खेल नछुटाउन ग्राहकहरूले आफ्नो आवश्यकता अनुसारको सेवा छनोट गरी सहज रूपमा पास खरिद गर्न सक्नेछन् ।

डिशहोम डीटीएच तथा आईपी टिभीका लागि विश्वकप सिजन पास डिशहोमका आधिकारिक डिलरदाइ, खल्ती, ईसेवा, कनेक्ट आईपीएस तथा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यममार्फत खरिद गर्न सकिनेछ । डिगो विश्वकप पास भने खल्ती, ईसेवा, ग्लोबल आइएमई मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत मात्र खरिद गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK