Skip to content
LAXMI SUNRISE BANK

आजदेखि ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर विश्वनाथ पौडेलको !

अर्थ सरोकार

काठमाडौँ । आजदेखि ५ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको ५ सय दरका नयाँ नोट राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्याएको हो ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले आजदेखि ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याइएको छ ।

राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा आएका छन् । यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५ सय रुपैयाँ दरका ३ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो । 

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप र तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ । साथै पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु राखिएका छन् । 

त्यस्तै, सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र छ । त्यसबाहेक नोटमा ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK