Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाका १ सय ४९ शाखा बन्द !

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका डेढ सय शाखा बन्द भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा विभिन्न स्थानमा रहेका बैंक तथा वित्तीय संस्थाका १ सय ४९ शाखाहरु बन्द भएका हुन् । 

अझ वाणिज्य बैंक तथा विकास बैंकहरुले महानगरपालिकाभित्र रहेका धेरै शाखा बन्द गरेको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा बैंकले आफैँले निर्णय गरेर गाभ्न वा एकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा घटाएका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार काठमाडौँ, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिकामा ७ वाणिज्य बैंक र ३ विकास बैंकका १ सय १८ शाखा गाभिएका छन् ।

तर, चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका कुल १ सय ४९ शाखा कार्यालय बन्द भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यसरी शाखा कार्यालय बन्द हुँदा बैंक तथा वित्तीय संस्थाले कर्मचारी भने कटौती गर्न पाउने छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK