काठमाडौँ । सार्वजनिक यातायातको भाडा घटेको छ । इन्धनको मूल्यमा भारी गिरावट आएपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि २ प्रतिशतले घटाएको हो ।
यद्यपि हाल घटाइएको सार्वजनिक यातायातको भाडादर अत्यन्तै न्यून हो ।
विभागले जारी गरेको सूचना अनुसार डिजेलको मूल्य औसतमा प्रतिलिटर ४३ रुपैयाँले घटेको छ । यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ थियो । हाल घटेर डिजेलको औसत बजार मूल्य १९२.८३ रुपैयाँ पुगेको छ ।
यसो त घटेको इन्धनको मूल्य अनुसार भाडा दर अझै धेरैले घट्नुपर्ने थियो । तर, यसअघि बढ्नुपर्ने जति भाडा नबढेका कारण अहिले गाडी भाडा २ प्रतिशतले मात्र घटाइएको विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्