काठमाडौँ । पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव देखाएर पम्प बन्द गर्न नपाउने भएका छन् । ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली’ संशोधन गर्दै नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो ।
संशोधित व्यवस्था अनुसार कृतिम अभाव देखाएर पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । त्यसबाहके ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरणमा रोक्का गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
यसो त यसअघि यस्तो व्यवस्था थिएन । तर, पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रीमा रोक लगाएपछि उद्योगमन्त्री गौरी कुमारी यादवको निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
बुधबार राति बसेको निगम सञ्चालक समितिको बैठकले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ वाक्य थप गरेको छ ।
तर, त्यस्तो गरेको पाइए पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्