Skip to content
LAXMI SUNRISE BANK

नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह

अर्थ सरोकार

काठमाडौँ। नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास भएको छ। नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माणका लागि लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग करिब नेरु. ३.३ करोड लागतमा यस गुम्बा भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ र यो नेपालको सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK