Skip to content
LAXMI SUNRISE BANK

प्राण त्यागेकी सानिमा क्यापिटलकी रश्मीको सेयर बजारमा खासै थिएन लगानी, ‘केही दिनदेखि निरन्तर निराश’

अर्थ सरोकार

काठमाडौँ । कारभित्र आत्मदाह गरेर प्राण त्यागेकी रश्मी रिजालको सेयर बजारमा खासै लगानी नरहेको खुलेको छ । सेयर बजारमा डुबेपछि रश्मीले प्राण त्यागेको खबर सार्वजनिक भएपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा उनको सेयर बजारमा खासै लगानी नरहेको खुलेको हो ।

रश्मी सानिमा क्यापिटल लिमिटेडमा कम्प्लाएन्स अफिसरका रुपमा कार्यरत थिइन् ।

उनका सहकर्मीका अनुसार उनी प्राय आईपीओमा फोकस गर्थिन् । ‘रश्मीको सेयर बजारमा चिन्ता नै लिनुपर्नेजति लगानी थिएन ।’, उनका एक सहकर्मीले भने, ‘उनी प्रायः आईपीओमा फोकस् गर्थिन् । सेयर बजारमा डुबेकै कारण प्राण त्याग्नुपर्ने स्थिति थिएन ।’

तर, उनी केही दिनदेखि निराश देखिएको भने ती सहकर्मीको भनाई छ । यद्यपि प्रहरीले उनको मृत्युको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले गरेको घटनास्थलको प्रारम्भिक जाँच र अनुसन्धानले समेत रश्मी स्वयम्ले प्राण त्यागेको तथ्य फेला परेको छ । यद्यपि सो घटनाबारे थप अनुसन्धान गरिरहेको अनुसन्धानमा सहभागी एक प्रहरीले बताएका छन् ।

तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी ४५ वर्षीय रश्मी तारकेश्वरकै साङ्गलाखोला–पटापुमा कारभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK