काठमाडौँ । विवादित जिम्बु थकालीले राष्ट्रघाती काम सच्याएको छ । नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चो नै गायब गरेर भिडियो हालेको जिम्बु थकालीले अन्नः भिडियोबाट गलत नक्सा नै हटाएको हो ।
‘जिम्बु थकाली बाई क्यापिटल ग्रिल, टंगाल’ले यसअघि ‘प्रमोसनल भिडियो’ भन्दै पोष्ट गरेर ‘बुष्ट’ गरेको ३७ सेकेन्डको भिडियोमा नेपालको नक्सामा चुच्चो नै गायब गरिएको थियो ।
भिडियोमा २-२ वटा नेपालको नक्सा देखाइए पनि थकालीले नक्साको चुच्चो नै गायब गरेपछि अर्थ सरोकारले सो सम्बन्धी समाचार सम्प्रेषण गरेको थियो । अर्थ सरोकारले समाचार सम्प्रेषण गरेको केहीबेरमै थकालीले सो भिडियोबाट नेपालको गलत नक्सा हटाएको छ ।
यसो त केही समयअघि भेज खानामा हड्डी दिएपछि जिम्बु थकाली विवादमा तानिएको थियो । त्यसअघि पनि ३५ रुपैयाँ पर्ने पानीलाई १०० रुपैयाँ लिएपछि थकालीले ३ लाख रुपैयाँ जरिवाना तिरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्