×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शिवम् मोबाईल एप’ सार्वजनिक, ग्राहकको अर्डरलाई समयमै डेलिभरी दिने (भिडियो रिपोर्ट)

PRIME CA

‘शिवम् मोबाईल एप’ सार्वजनिक, ग्राहकको अर्डरलाई समयमै डेलिभरी दिने (भिडियो रिपोर्ट)

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौं । शिवम् सिमेन्टले कोभिड १९ को परिस्थितिमा सिमेन्ट खरिद गर्न मिल्नेगरी ‘‘शिवम् मोबाइल एप’’ सार्वजनिक गरेको छ । शिवम सिमेन्टले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी मोबाइल एप सार्वजनिक गरेको हो । कार्यक्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आफ्नो मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा ओपीसी सिमेन्ट अर्डर गर्न सक्ने बताउनुभयो । उहाँले ग्राहकको सुविधाका लागि सिमेन्टको बजार मूल्य भन्दा केही कम गरी निश्चित मूल्य निर्धारण गरिएकाले ढुक्क हुन आग्रह गर्नुभयो । एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज वयवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने समेत उहाँले बताउनुभयो ।
एप मार्फत अर्डर गर्न झन्झट रहित सरल प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएकाले सिमेन्ट खरिदका लागि एप उच्चतम प्रभावकारी रहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । शिवम् सिमेन्ट एप गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट डाउनलोड गरी सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सिमेन्ट अर्डर गरेपछि मोबाइल खल्ती, इसेवा, कनेक्ट आईपिएस वा क्यास अन डेलिभरीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: