काठमाडौँ । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको ‘एनएमबि सरल बचत फण्ड-इ’ ले नगद प्रतिफल घोषणा गरेको छ । एनएमबि सरल बचत फण्ड-इ ले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९ सय ७८ रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार १ सय ८८ रुपैयाँ ८७ पैसा बराबर नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।
प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ । साथै, लाभांश पुनर्लगानी (Dividend Reinvestment Plan–DRIP) रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ । पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ ।
एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।
लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्