Skip to content
LAXMI SUNRISE BANK

नाइमा मोबिलिटी एक्स्पोः भिडभाड बढी देखाउन आयोजकले गरेका ५ ‘रमाइला’ काम…

अर्थ सरोकार

काठमाडौँ । पहिलो संस्करण सुपर फ्लप भएपछि दोश्रो संस्करणमा जसरी हुन्छ सफल देखाउन उद्दत नाइमाले नाइमा मोबिलिटी एक्स्पोको दोश्रो संस्करणमा बढी भीडभाड देखाउन केही रणनीतिक र केही रमाइला काम गरेको पाइएको छ । दोश्रो संस्करण नै अन्तिम संस्करण हुने सम्भावनाका बीच आयोजकले बढी भीडभाड देखाउने केही रमाइला कामसेमत गरेको छ ।

१. नाइमाको पहिलो दिन मिडियाकर्मीको बढी भीड देखिए पनि दोश्रो दिन राम्रै भीड देखियो । दिनभरीमा लगभग १० हजार मान्छे देखिएको एक्स्पोमा एकाएक कसरी मान्छे आए त ? यसको कारण हो आयोजकहरुको भीड । एक्स्पोको दोश्रो दिन नाइमा एक्स्पोमा देखिएको भीडमा अधिकांश व्यक्तिको गलामा नाइमाको आयोजक लेखिएको कार्डको फित्ता देखिन्थ्यो । अर्थात एक्स्पोमा सहभागी कम्पनीहरुले ठुलो संख्यामा आफ्ना कर्मचारी एक्स्पोमा उतारेका थिए ।

२. नाइमाले यसपटक यति धेरै मिडियालाई एक्स्पोमा उतार्यो कि, सायद यति धेरै मिडिया सहभागी भएको कुनै इन्भेन्ट यही नै हुनुपर्छ । नाइमाले एक्स्पोभरलाई १५ हजार देखि एक्स्पोभर दिनकै २ लाख रुपैयाँसम्म तिरेर धेरै भन्दा धेरै मिडियामा विज्ञापन हालेको छ । सचिवालय सदस्यले चिनेजति, आयोजकको संचालकमा बसेकाहरुले सिफारिस गरेजति सबै मिडियामा विज्ञापन हालिएको छ । ती सबै मिडियाका प्रतिनिधि एक्स्पोमा पुग्दा एक्स्पोमा गाडी हेर्ने भन्दा बढी खिच्नेको भीड देखिन्छ ।

३. नाइमाले जानेरै हिड्ने बाटो साँघुरो बनाएको छ यसपटक । यसमा नाइमाको चलाखीले काम गरेको छ । यसले मान्छे हिड्ने बाटोमा धेरै भीड बनाएको छ ।

४. नेपाल पुलिस क्लबभित्र ठाउँ हुँदा पनि नाइमाले पार्किङ्ग फुलको बोर्ड राखिदिएर अर्को चलाखी गरेको छ । यसले बाटो अस्तव्यस्त बनाउँदा नाइमा शोमा साह्रै बढी मान्छे आएकी भन्ने भ्रम परेको छ । नेपाल पुलिसको सभा हल रित्तो देखिनुले पनि यसको पुष्टि गर्छ । नाइमाको संयोजन गतिलो नहुँदा पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहले पार्किङ गर्ने ठाउँ दिएका छैनन् । यसले बाटोमा भीडभाड बढी देखाएको छ ।

५. अफिस छुट्टी हुने समयमा एक्स्पोमा अझ बढी भीड देखिएको छ । ठाउँ ठाउँमा खेलाइएका चिठ्ठा र फोटो खिच्नकै लागि पुगेकाहरुले झन् एक्स्पोमा भीड देखिएको छ ।

नाइमाका सचिवालय सदस्यहरु बिहानैदेखि सम्पर्कमा छैनन् । उनीहरुको फोन उठिरहेको छैन । मेसेज रिप्लाई भइरहेको छैन । आफूलाई सहयोग गर्ने र आफूले विज्ञापन दिएका बाहेक अरुसँग संयोजन नगर्ने रणनीति रहेको नाइमा सचिवालयका एक सदस्यले अर्थ सरोकारलाई सुटुक्क बताए ।             

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK