काठमाडौँ । भदौ १० गते (बुधबार) रसुवाको भोटेकोशीमा आएको बाढीले १७ वाणिज्य बैंकमा क्षति गरेको छ । बाढीले नुवाकोट र रसुवामा रहेका १७ बैंकका शाखा कार्यालयमा क्षति गरेको हो ।
बाढीमा परेर हालसम्म १७ बैंकका २६ जना कर्मचारी सम्पर्कविहीन छन् ।
बाढीमा परेर नुवाकोटको त्रिशूली बजारमा रहेको कृषि विकास बैंकको शाखामा रहेका १४ जना कर्मचारीमध्ये एक जना घाइते भएका छन् भने अरु सुरक्षित छन् । नुवाकोटको देवीघाटमा रहेको सिटिजन्स बैंकमा पनि बाढीले क्षति गरेको छ । तर, सो शाखाका कार्यरत ८ जना कर्मचारी सबै सुरक्षित छन् ।
यता ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत ५ जनामध्ये ४ जना सुरक्षित छन् भने एक जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरे शाखामै कार्यरत लक्ष्मी सनराइज बैंकका ६ कर्मचारीमध्ये २ कर्मचारी सम्पर्कविहीन छन् । त्यस्तै, टिमुरे शाखामै कार्यरत एनएमबि बैंकका ५ मध्ये ४ कर्मचारी सम्पर्कविहीन छन् ।
टिमुरेस्थित माछापुच्छ्रे बैंकको शाखामा कार्यरत ६ कर्मचारीमध्ये ५ जना सम्पर्कविहीन छन् भने १ जना सुरक्षित छन् । नबिल बैंकको टिमुरे शाखामै कार्यरत ५ कर्मचारी नै सुरक्षित छन् । टिमुरेमै रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ७ जनामध्ये ६ जना घाइते छन् भने एक जना सम्पर्कविहीन छन् । टिमुरे शाखामै कार्यरत प्रभु बैंकका ७ कर्मचारीमध्ये ३ जना सुरक्षित छन् भने २ जना घाइते र २ जना सम्पर्कविहीन छन् । सानिमा बैंकको टिमुरे शाखामै कार्यरत ६ मध्ये २ कर्मचारी सम्पर्कविहीन र ४ कर्मचारी सुरक्षित छन् ।
त्यस्तै, बाढीमा परेर हिमालयन बैंकको बेत्रावती शाखामा कार्यरत ९ मध्ये एक कर्मचारी सम्पर्कविहीन छन् । रसुवामा सञ्चालनमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माइलिङ एक्सटेन्सन काउन्टरमा कार्यरत ५ मध्ये ३ जना सुरक्षित, एक जना घाइते र एक जना सम्पर्कविहीन छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंककै स्याफ्रुबेंसी शाखामा कार्यरत ८ मध्ये ३ जना सुरक्षित छन् भने ५ जना सम्पर्कविहीन छन् ।
यता एनआईसी एशिया बैंकको बेत्रावती, स्याफ्रुबेंसी र त्रिशूली बजार शाखामा बाढीले क्षति पुर्याए पनि सबै कर्मचारी सुरक्षित छन् भने प्रभु बैंकको स्याफ्रुबेंसी शाखामा कार्यरत ८ मध्ये ६ जना सुरक्षित र २ जना सम्पर्कविहीन छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्