Skip to content
LAXMI SUNRISE BANK

इसेवाले सिइओ जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने, सिइओ पदका लागि अन्य दुई जनालाई अफर !

अर्थ सरोकार

काठमाडौँ । सिइओ नियुक्ति भएदेखि नै इसेवा विवादै विवादमा परेको र ८७ पटक बिग्रिएको भन्दै इसेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ । खड्काको कार्यकाल सकिन केहि महिना बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोहि अनुसार तयार रहन खड्कालाई जानकारी गराईसकेको छ । इसेवाका एक संचालकले खड्काको सीइओ पद नवीकरण नगर्ने तयारी भएको र थप दुई जनालाई सीइओको अफर गरिएको पुष्टी गरेका छन् ।

अफर गरिएका दुवै जना हाल बैंकिङमा छन् ।

खड्का सीइओ भएदेखि हालसम्म हिसाब गर्ने हो भने इसेवा वालेट ८७ पटक बिग्रिएको ब्रिफिङ संचालक समितिमा पुगेको छ । सीइओ रहँदा नायाँ पनि केहि नगरेको, ब्राण्ड पनि बिगारेको, बिजनेश पनि खस्किएको लगायतका आधा दर्जन कारण देखाउँदै कम्पनीले खड्काको सीइओ पद नवीकरण नगर्ने निष्कर्ष निकालेको एक सञ्चालकले जानकारी दिए ।

यस विषयमा खड्कालाई हामीले आज ७ बजेर १२ मिनेट जाँदा सम्पर्क गरेका थियौँ । तर उनले हाम्रो फोन नै काटिदिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK