Skip to content
LAXMI SUNRISE BANK

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङस् मिल्सको भएको छ । यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, पियोर इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस क्मपन्यको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK