काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा डेढ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । उनले बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनका लागि भन्दै १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ बढी) सहयोग गरेका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत हुआङले गरेको उक्त सहयोगको पुष्टि गरेका छन् ।
सहयोग पुष्टि गर्दै अर्थमन्त्रीले उक्त सहयोगका लागि हुआङलाई नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन् । उक्त सहयोगलाई बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूलो सहयोग मानिएको छ ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा हालसम्म १० अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन भएको जानकारी दिएका छन् । उक्त रकम भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्