काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पूँजी रहेकोमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।
काठमाण्डौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएमसहित ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्