Skip to content
LAXMI SUNRISE BANK

एनसेलका सिइओ माइकलले दिए पदबाट राजीनामा

अर्थ सरोकार

काठमाडौँ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । एनसेलका सिइओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन् ।

उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले बताएका छन् । फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सिइओ नियुक्त भएका थिए । 

माइकलको राजीनामा कम्पनीले भदौ ९ गते स्वीकृतसमेत गरिसकेको छ । सो बारे कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी पठाइसकेको छ । 

माइकलले राजीनामा दिएसँगै कम्पनीले नयाँ सिइओ नियुक्त नहुँदासम्म सिइओको सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी कम्पनीका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK