Skip to content
LAXMI SUNRISE BANK

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ अर्ब संकलन, १ अर्ब निकासा !

अर्थ सरोकार

काठमाडौँ । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ अर्ब बढी रकम संकलन भएको छ । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा हालसम्म ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९ सय ७१ रुपैयाँ संकलन भएको हो । 

कोषमा जम्मा भएको रकममध्ये सरकारले १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ८ सय १५ रुपैयाँ र हिमालयन बैंक र लक्ष्मी बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६ सय ९५ अमेरिकी डलर जम्मा भएको छ ।

कोषमा जम्मा भएको रकम भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनामा खर्च गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK