काठमाडौँ । सेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले योजना घोषणा गर्ने तयारी गरेको छ । सरकारले सेयर बजारलाई लक्षित गर्दै ‘सेयर बजार सुधार योजना’ घोषणा गर्ने तयारी गरेको हो ।
मन्त्रालयले ‘पूँजी बजार सुदृढीकरण तथा सेयर बजार सुधार योजना’ घोषणा गर्ने तयारी गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार मन्त्रालयले हाल अर्थतन्त्रलाई उकास्ने गरी चार वटा योजना सार्वजनिक गर्ने तयारी गरेको छ । ती चारमध्ये सेयर बजारसँग सम्बन्धित योजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।
यद्यपि सेयर बजारसँग सम्बन्धित योजनामा के-के विषय समेटिएका छन् भन्ने खुलाइएको छ । स्रोतका अनुसार हाल उक्त विषयमा मन्त्रालयमा छलफल भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्