काठमाडौँ । इजरायलले १ हजार ४ सय ६४ जना कामदार मागेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदार मागेको हो ।
इजरायलले एक हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुष गरी कुल १ हजार ४ सय ६४ जना कामदारका लागि आवेदन खुलाएको वैदेशिक रोजगार विभागले पुष्टि गरेको छ ।
उक्त आवेदनमा २५ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका इच्छुक व्यक्तिले भदौ २३ गते राति १२ बजेदेखि असोज २६गते राति ११ः५९ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिने विभागले जनाएको छ । उक्त आवेदनमार्फत छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । ओभरटाइम सुविधासमेत पाइनेछ ।
कामदारका लागि खानाको व्यवस्था हुनेछैन भने बस्ने व्यवस्था कम्पनीले गर्नेछ । तर, बसोबासको खर्च भने कामदार स्वयमले व्यहोर्नुपर्नेछ । कामदारले एक हप्तामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ । हप्तामा एक दिन बिदा पाउनेछन् भने वार्षिक बिदा इजरायली सरकारको कानून अनुसार हुने वैदेशिक रोजगार विभागले जनाएको छ । यस्तो छ सूचना:




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्