Skip to content
LAXMI SUNRISE BANK

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी- ‘अझै पनि समय छ, सुध्रिनुस्’

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले जेन-जी आन्दोलनलाई पुराना राजनीतिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् । जेन-जी शहीद दिवसको अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन् । 

गृहमन्त्री गुरुङले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी समेत दिएका छन् । 

जेन-जी आन्दोलन नेपालको ऐतिहासिक इतिहास भएको दाबी गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए । उनले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी समेत दिएका छन् ।

‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरी अचम्मै लाग्छ ।’, उनले भने, ‘…यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् ।’

त्यस्तै, उनले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए । पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न गुरुङले आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK