Skip to content
LAXMI SUNRISE BANK

जेन-जी शहीद पार्कमा बनाइएका शालिकको अनुहार मिलेन, उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ

अर्थ सरोकार

काठमाडौँ । अनुहार नै नमिलेको भन्दै जेन-जी शहीद पार्ककको उद्घाटन स्थगित भएको छ । सातदोबाटोस्थित शहीद पार्कमा निर्माण गरिएका शालिकको अनुमार शहीदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको हो । 

जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेन-जी शहीद पार्क उद्घाटन गर्न भन्दै पुगेका गृहमन्त्री सुदन गुरुङ पनि शालिकको अनुहार शहीदसँग नमिलेको भन्दै उद्घाटन नगरी फर्किएका छन् । 

हाल जेन-जी शहीद पार्क निर्माण समितिले शालिक पुनःनिर्माण गर्ने बताएको छ । समितिले जेन-जी शहीदसँग अनुहार मिल्नेगरी एक महिनाभित्र शालिक तयार गर्ने जनाएको छ । 

शालिक निर्माण भएपछि शालिकको अनुहार शहीदसँग नमिलेको भन्दै जेन-जी शहीदका परिवारले समेत आपत्ति जनाउँदै आएका छन् । उनीहरुले अनुहार नमिल्दासम्म पार्ककको उद्घाट गर्न नदिने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK