Skip to content
LAXMI SUNRISE BANK

म्याद गुज्रेको लड्डु बेच्ने आकाश फुड्सलाई ३ लाख जरिवाना, पानीपुरीमा कुहिएको आलु हाल्ने गरेको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । म्याद गुज्रेको लड्डु बेच्ने आकाश फुड्सलाई कारवाही गरिएको छ । काठमाडौँको बालुवाटारस्थित आकाश फुड्सलाई कारवाही गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक बजार अनुगमनका क्रममा आकाश फुड्सले गन्हाएको आलु र म्याद गुज्रेको लड्डु बेचेको गरेको फेला परेको थियो ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार उक्त पसलमा म्याद नाघेको बिना चिनीको लड्डुका ८ वटा बट्टा भेटिएको थियो भने पानी पुरीमा प्रयोग गरिने आलु अस्वभाविक रुपमा गन्हाएको अवस्थामा फेला परेको थियो ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम उक्त व्यवसायलाई आगामी दिनमा अनिवार्य रूपमा खाद्य स्वच्छता कायम राख्न निर्देशन समेत दिइएको ती अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK