Skip to content
LAXMI SUNRISE BANK

अमेरिका जाँदै प्रधानमन्त्री बालेन, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा डा. स्वर्णिम वाग्लेलाई

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मंगलबार (आज) अमेरिका जाँदैछन् । शाह राष्ट्रसंघको महासभामा भाग लिन साँझ ७ बजे अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । 

आफू अमेरिका जान लागेपछि प्रधानमन्त्री शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन् । 

प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् । 

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका तय भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK