काठमाडौँ । दशैँमा गाडी भाडा नबढ्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य नबढे दशैँ तिहारमा सार्वजनिक यातायातको भाडा पनि नबढ्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आयोजना गरेको छलफलमा बोल्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरे यातायातको भाडा पनि नबढाइने बताएका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको मुखमा सरकारले मूल्य बढाउन नहुने सिटौलाले बताएका छन् ।
उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहे चाडपर्वमा सार्वजनिक यातायातको मूल्य पनि यथावत् राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले चाडपर्वमा यात्रा गर्ने यात्रुलाई आधिकारिक काउन्टरबाट मात्र टिकट काट्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्