Skip to content
LAXMI SUNRISE BANK

असोज ८ र ९ गते देशभर स्कुल/कलेज बन्द, तीन दिन सबै परीक्षाहरु पनि सरे !

अर्थ सरोकार

काठमाडौँ । सरकारले असोज ८ र ९ गते विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको हो । 

८, ९, १० र ११ गते देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएसँगै सरकारले सतर्कता अपनाउनका लागि विद्यालय तथा कलेज बन्द गर्न निर्देशन दिएको छ ।

असोज १० गते शनिबार र ११ गते आइतबारको नियमित बिदा परेको छ । यसरी असोज ८, ९, १०, ११ गते विद्यालयहरु बन्द रहनेछन् । 

अर्कोतर्फ सरकारले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रुपमा प्रयोग गर्न तथा बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा राख्न पनि सरकारले आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK