काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार र प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ । अर्थ मन्त्रालयको निर्देशनअनुसार रामेश्वर खनाल नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजान तयारी सुरु गरिएको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले जानकारी दिएका छन् ।
बुधबार संघीय संसद्को अर्थ समितिमा बोल्दै अध्यक्ष भट्टले नेप्सेको साइबर सुरक्षा, आईटी प्रणाली, सुशासन तथा संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् । उनका अनुसार आगामी सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचना प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टर पार्टी’का रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए ।
बोर्डले नेपाली पुँजी बजारमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्स जस्ता नयाँ उपकरण भित्र्याउन आवश्यक पूर्वाधार विकासको तयारीसमेत गरिरहेको जनाएको छ । यी नयाँ व्यवस्थाले नेपाली पुँजी बजारको इकोसिस्टममा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्