Skip to content
LAXMI SUNRISE BANK

‘अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमा’ -कञ्चन सापकोटा

अर्थ सरोकार

काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बोल्दै सापकोटाले यस्तो बताएकी हुन् ।

उनले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन् । उनका अनुसार अक्सन मार्केटको सेटलमेन्टको जिम्मेवारी सीडीएससीले र सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको छ । यससम्बन्धी कामको परिणाम छिट्टै देखिने गरी तयारी भइरहेको उनले बताइन् ।

त्यस्तै, एनआरएन फण्ड नेपाल भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक तयारी तथा कार्ययोजना तयार गरिसकेको सापकोटाले जानकारी दिइन् । अब त्यसको परिणाम आउन मात्र बाँकी रहेको उनको भनाइ छ ।

लगानीकर्तालाई थप प्रभावकारी सेवा प्रदान गर्न सीडीएससीले प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताइन् । करिब ८० लाख लगानीकर्ताको होल्डिङ व्यवस्थापन गर्ने डिपोजिटरी भएकाले सीडीएससी प्राविधिक रूपमा बलियो र सक्षम हुनुपर्नेमा उनले जोड दिइन् ।

सीडीएससीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सबै काम अघि बढाइने बताउँदै सापकोटाले पूर्वाधार विकासमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने धारणा राखिन् । संस्थाको क्षमता र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्न बजेट तथा आवश्यक स्रोतसाधन व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK