काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी फौजदारी केसमा गत असोज १ गते नै मुद्दा दाता भएको भए पनि प्रभु बैंकका सिइओ असोज १३ गतेसम्मै काममा आएको पाइएको छ । फौजदारी केसमा असोज १ गते फौजदारी केसमा मुद्दा दर्ता भएका शर्मा असोज २ गते देखि नै बैंकको कर्मचारी विनियमावली अनुसार निलम्बनमा पर्नुपर्ने थियो । तर उनी असोज १३ गतेसम्म नै कार्यालयमा आएको बैंकका सूचना अधिकारी रविन्द्र ढकालले बताएका छन् ।
‘सिइओ सर मंगलबार (असोज १३) सम्मै कार्यालयमै हुनुहुन्थ्यो । आज बुधबार (असोज १४ गते) उहाँ फोर्स लिभ लिएर बिदामा हुनुहुन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ढकालले भने । उनका अनुसार एचआरले शर्मा १२ दिनका लागि फोर्स लिभमा रहेको भन्दै इमेल लेखेको छ ।
बैंकको स्वीकृत कर्मचारी विनियमावलीमा राज्यको कुनै निकायले कर्मचारी विरुद्ध प्रचलित नेपालको कानुन बमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेका निज स्वत: निलम्बनमा परेको मानिनेछ भनी उल्लेख छ । नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेमा त्यसरी थुनामा रहेको अवधि भर पनि निलम्बन हुने व्यवस्था गरेको कर्मचारी विनियमावलीले तथा भन्ने शब्द जोड्दै राज्यको कुनै निकायले कुनै कर्मचारी विरुद्ध प्रचलित नेपाल कानुन बमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिनेछ भन्नेसमेत उल्लेख गरेको छ । अर्थात्, तथा पछिको वाक्यांशलाई विश्लेषण गर्दा उनी स्वत: निलम्बनमा पर्नेछन् ।

अर्थ सरोकारलाई बैंकको सिइओ भन्दा तलका उच्च तहका कर्मचारीले उपलब्ध गराएको सो विनियमावली अनुसार शर्मा स्वत: निलम्बनमा पर्नेछन् । उनले सो मुद्दामा सफाइ पाएमा उनको निलम्बन फुकुवा हुनेछ ।
अभियोगपत्रमा उनलाई अनुपस्थित भनिए पनि अभियोगपत्रको विवरणमा पक्राउ अनुमति लिइएकोसमेत उल्लेख छ । पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा तत्कालीन सनराइज बैंकका सिइओसहित तीन जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । तत्कालीन सनराइजका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध मुद्दा दायर भएको हो । तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भए पनि धितो लिलामी गर्दासमेत ऋण नपाएको अभियोगपत्रमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्