काठमाडौँ । प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध फौजदारी अभियोग दर्ता भएपछि प्रभु बैंकमा नयाँ सीइओको बहस सुरु भएको छ । धरौटीमा रिहा नै भए पनि, आफु विरुद्ध पक्राउ पूर्जी जारी भएको विषय पनि ५ दिन पछि मात्र थाहा पाउने सीइओबाट अव काम होला र ? भन्ने बहस सुरु भएपछि राष्ट्र बैंकले ग्रीन सिग्नल दिएमा अर्को सीइओ ल्याउने तयारीमा संचालक समिति छ । यसका लागि अन्य संचालक समितिलाई खासै सामेल नगरी दुई संचालक पूरापूर लागेको पाइएको छ । यतिसम्मकि एक संचालकले त सम्भावित एक जनासँग कुरा गराईदिन अर्को एक बैंकका संचालकसँग कुरा गरेकोसमेत पाइएको छ ।
पौडेलको कुलिङले मिलेन , सुमन पोखरेललाई कुरा राख्नै अफ्ट्यारो
बैंकमा केहि उच्च तहका कर्मचारी र दुई संचालकले जनक शर्मा पौडेललाई बैंकको सीइओ बनाएर ल्याउनुपर्ने प्रस्ताव अध्यक्षलाई राखेका थिए । तर उनी स्ट्याण्डर्ड चार्टड बैंकमा संचालक छन् । संचालकलाई सिधै सीइओ बनाउन कुलिङले रोक्छ । खाली रहेको ३ महिनाभित्र सीइओ नियुक्ति गर्नुपर्ने कारणले उनलाई राजिनामा दिएर ६ महिना कुराउने स्थिति पनि छैन ।
यसो त हाल ग्लोबल आईएमई बैंकका डेपुटी सीइओ रहेका सुमन पोखरेललाई सीइओका रुपमा ल्याउन कुरा गर्ने प्रस्ताव पनि संचालकहरुले राखेका थिए । तर उनी प्रभु बैंकमा खासै रुची नभएका बैंकर भएकाले आउन नचाहेको भन्दै उनलाई कुरा राख्न नै अफ्ट्यारो भएको संचालकको दाबी छ । अर्थ सरोकारसँग कुराकानी गर्दै एक संचालकले पोखरेलसँग कुरा गराईदिन अर्का एक बैंकका संचालकलाई भनेको तर पोखरेललाई नभने पनि हुन्छ भन्ने जवाफ आएको बताए ।
रिमाल र लम्सालले नसक्ने तर्क
करिव १० वर्ष बैंकिङमा ग्याप भएर अहिले प्रभुमा सिनियर डेपुटी सीइओ भएका, राज रिमाललाई तत्काल सीइओ दिनका लागि संचालक समिति तयार छैन । सुमन शर्मा विरुद्ध फौजदारी केस दर्ता हुने प्रक्रियामा रहेका बेला बैंकमा ल्याईएका रिमाललाई केहि समय काबा सीइओ बनाउन सकिने तर पूरा सीइओ दिन नसकिने तर्क संचालक समितिमा बलियो बनेको छ ।
यता निरज लम्साल पनि सीइओ बन्न कस्सिएको बुझिएको छ । जिम्मेवारी दिए आफुले संस्था हाँक्ने उनको आशय उनले व्यक्त गरिसकेका छन् ।
‘प्रभु आउन खोज्ने अरु भेटिएनन्, शर्माकै केस सल्टाउन तिर लाग्ने कुरा भएको छ’ : संचालक
सीइओ बन्नका लागि अरु उचित पात्र नभेटेपछि प्रभु बैंक सुमन शर्माकै केस सल्टाउन तिर लागौं भन्ने निष्कर्षमा पुगेको छ । तर सो केस प्रभुको नभई अर्को बैंकको भएकाले प्रभुले गर्न सक्ने स्थिति पनि छैन । यस विषयमा थप छलफल सोमबार हुने संचालकको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्