काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि ४ जनाको नाम सर्टलिष्ट गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको नेप्सेको सिइओ छनोट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिष्ट गरेको हो ।
सर्टलिष्टमा पर्नेमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी छन् ।
गत साउन १२ गते जारी गरिएको सूचना अनुसार नेप्सेको सिइओका लागि ८ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट ‘सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ को दफा ६.२ अनुसार सर्टलिष्ट तयार गरिएको समितिले जनाएको छ ।
सर्टलिष्टमा परेकाहरुको दोस्रो चरणमा असोज २३ गते नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । अन्तर्वार्ता अर्थ मन्त्रालय (सम्पर्क कोठा नम्बर ४१९) मा हुने समितिले जारी गरेको सूचनामा उल्लेख छ । सूचना अनुसार अनिल राज पौडेलेको लागि बिहान ७ बजे, नवराज सापकोटाको लागि बिहान ८ बजे, नारायण प्रसाद सापकोटाको लागि साँझ ५ः३० बजे र प्रताप सुवेदीको लागि साँझ ६ः३० बजे समय निर्धारण गरिएको छ ।
सोही सूचनामार्फत समितिले तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्तास्थलमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्