काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा धरौटीमा रिहा भएका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार शर्मा धरौटीमा रिहा भएका छन् ।
धरौटीमा रिहा भए भन्नुको अर्थ उनी निर्दोष साबित भए भन्ने होइन् । धरौटीमा रिहा भए पनि उनीविरुद्ध मुद्दा भने जारी नै रहन्छ । तर, शर्माले बाहिरै बसेर सो मुद्दा लड्न पाउँछन् ।
यसो त मंगलबार भएको थुनछेक बहसपछि अदालतले जारी गरेको आदेशमा पनि शर्मा कसुरदार होइनन् भनी भन्न सकिने स्थिति नदेखिएको उल्लेख छ ।
‘संस्थागत कर्जाको लागि व्यक्तिको धितोबन्धक (सुरक्षण) लिखत र विपक्षी बैंकबाट प्राप्त पत्र समेतका तत्काल प्राप्त प्रमाणहरुबाट अहिले नै यी प्रतिवादी आरोपित कसुरमा कसूरदार छैन भनी भन्न सकिने अवस्था नदेखिएको…’, आदेशमा भनिएको छ ।
शर्मामाथि तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा स्वीकृत गरेको, कर्जा नदिएको तर धितो लिलाम गरेको आरोप छ । उनीसहित तत्कालीन सनराइज बैंकका ४ जनाविरुद्ध अंजली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्