Skip to content
LAXMI SUNRISE BANK

कामदारको न्यूनतम तलब २ हजार रिंगिट पुर्याउने मलेसियाको घोषणा

अर्थ सरोकार

काठमाडौँ । मलेसियाले कामदारको न्यूनतम तलब मासिक २ हजार रिंगिट पुर्याउने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट प्रस्तुत गर्दै कामदारको न्यूनतम तलब २ हजार रिंगिट पुर्याउने घोषणा गरेका हुन् । 

उनले यो तलबमान विदेशी श्रमिकसहितका कामदारका लागि लागू हुने उनले बताएका छन् । हाल मलेसियामा कामदारको न्यूनतम तलब मासिक १७ सय रिंगिट छ । 

यो व्यवस्था लागू भए मलेसियामा कार्यरत ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने प्रधानमन्त्री इब्राहिमले बताएका छन् । 

यसो त मलेसियामा न्यूनतम ज्याला नीति सन् २०१३ मा लागू भएको थियो । त्यसबेला मलेसियामा कामदारको न्यूनतम तलब ९ सय रिंगिट तोकिएको थियो । त्यसपछि सन् २०१६ मा १ हजार पुगेको न्यूनतम तलब सन् २०१९ मा ११ सय, सन् २०२० मा १२ सय र सन् २०२५ मा १७ सय पुगेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK