Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २३ गते शुक्रबार सेयरधनीहरुको उत्साहजनक उपस्थितिमा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत सेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे सेयरधनीहरुलाई जानकारी गराएका थिए ।

उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK