काठमाडौँ । महाराजगञ्जस्थित मन्त्र थकाली (ग्रिन तारा हस्पिटालिटी प्रालि)लाई कारवाही गरिएको छ । खानामा किरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त थकालीलाई कारवाही गरेको हो ।
खानामा किरा भेटिएको उजुरी परेपछि विभागको र्यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त थकालीमा आकस्मिक निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा थकालीको भान्सा र फ्रिजमा साङ्ला-भुसुना भेटिएको थियो । अर्कोतर्फ उक्त थकालीको भान्सामा खानामा किरा पर्ने अत्याधिक सम्भावना रहेको समेत निरीक्षणका क्रममा फेला परेको थियो ।
यसरी भान्सा अस्तव्यस्त हुँदा खानामा किरा पर्ने जोखिम रहेको तथा डस्टबिन खुला र फोहोर अवस्थामा रहेको भन्दै ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ अनुसार २ लाख ५० हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले उक्त थकालीलाई सरसफाईमा ध्यान दिन, खाना राम्ररी छोपेर राख्न तथा किट नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन र मसीजन्य कागजमा खाद्य पदार्थ भण्डारण नगर्न पनि निर्देशन दिएको छ । यी सुधारहरु गरेर ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन पनि थकालीका सञ्चालकलाई निर्देशन दिएको विभागका एक अधिकारीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्