Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज क्यापिटलको ११ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बिहीबार काठमाडौँको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकका रूपमा निरन्तरता दिने निर्णय गरेको छ ।

कम्पनीका अनुसार आषाढ मसान्त २०८३ सम्मको वासलातअनुसार प्रति शेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ । वितरणयोग्य आम्दानीका आधारमा शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।

नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो अनुभव रहेको लक्ष्मी सनराइज क्यापिटलले मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषका क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी र एउटा खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गरिरहेको जनाएको छ ।

त्यस्तै, एक अर्ब रुपैयाँ पुँजी रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी भइरहेको कम्पनीले जनाएको छ । इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था रहेको दाबी गर्दै कम्पनीले सामाजिक तथा वातावरणीय प्रभावलाई समेत ध्यानमा राखेर दिगो र उत्तरदायी लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK