Skip to content
LAXMI SUNRISE BANK

घुस लिएको अभियोगमा नासु पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीमा गाउँपालिकाकै सूचना अधिकारी घुससहित पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशीलाई अख्तियारले ८५ हजार घुस सहित पक्राउ गरेको हो । 
जोशीलाई अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले घुससहित पक्राउ गरेको हो । जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK