काठमाडौँ । पछिल्लो १ महिनामै १ लाख ३० हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२६ को अक्टोबरमा मात्रै नेपालमा कुल १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
अक्टोबरमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्ष (सन् २०२५ अक्टोबर)को तुलनामा ३.४ प्रतिशत बढी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ को अक्टोबरमा १ लाख २८ हजार ४ सय ४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
त्यस्तै, सेप्टेम्बरमा भने कुल ५०.५ प्रतिशत बढी पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डले सन् २०२६ जनवरीदेखि अक्टोबर (१० महिना) सम्म कुल १० लाख ८ हजार ६ सय १६ पर्यटक नेपाल आएको छ । पछिल्लो समय पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्र पनि सुध्रिँदै गएको बोर्डले जनाएको छ ।
अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै युरोपबाट आएको बोर्डको तथ्यांकमा उल्लेख छ । अक्टोबरमा ३९ हजार ८ सय ७७ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्