Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको सिइओमा प्रताप सुवेदी नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा प्रताप सुवेदी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको सिइओ नियुक्त गरेको हो ।

नेप्सेको सिइओ नियुक्तीलाई गठन गरिएको सिफारिस समितिले सुवेदीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

नेप्सेको सिइओका लागि सुवेदीसहित नवराज सापकोटा, नारायण सापकोटा, र अनिल राज पौडेल प्रतिस्पर्धामा थिए । तर, चार जनामध्येबाट सरकारले सुवेदीलाई सिइओ नियुक्त गरेको छ ।

नेप्सेको सिइओ हुनुअघि सुवेदी कृषि विकास बैंकमा कार्यरत थिए । उनले यस अघि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतमा सिइओ बन्ने कोसिस गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK