काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा छुटेका छन् । अदालतमा विचाराधीन पुरानै मुद्दामा उपस्थित गराउन पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका हुन् ।
अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार उनको आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका अग्रवाल अदालतको आदेश अनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबरा पुष्टि गरेका छन् ।
यसो त अग्रवाललाई पक्राउ गरेर बुधबार नै अदालतमा उपस्थित गराइएको थियो । तर, बुधबार थुनछेक बहस नसकिएपछि उनी हिरासतमै बस्नुपरेको थियो । बिहीबार धरौटी बुझाएसँगै उनी रिहा भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्