काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले एमालेलाई जनविरोधी र देशको अहित चाहने शक्तिले चौतर्फी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएको भन्दै एमाले पुनः सत्तामा पुग्ने बताएका छन् ।
उनले एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताएका छन् । एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने ओलीको भनाई छ ।
त्यस्तै, ओलीले सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरेका छन् । ओलीले फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्