Skip to content
LAXMI SUNRISE BANK

इसेवालाई कमजोर पारेर पूर्व योजनाअनुसार नै आइएमई गए जगदिश खड्का, पद ‘ग्रुप भाइस प्रेसिडेन्ट’, हेर्ने खल्ती !

अर्थ सरोकार

काठमाडौँ । इसेवाका पूर्व सिइओ जगदिश खड्का आफ्नो पूर्व योजना अनुसार नै आइएमई ग्रुपमा जागिर खान गएका छन् । केही वर्षअघि नै बनेको योजना अनुसार आफ्ना केही निकटका कर्मचारीहरु आइएमई पठाइसकेका उनी अन्ततः खल्ती हेर्नेगरी आइएमई ग्रुपमा गएका हुन् । 

आइएमई ग्रुपले खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ नियुक्त गरेको हो । खल्तीको सिइओमा अफर गरिएको भए आफ्ना जुनियरहरु बसिसकेको पदमा आफू जाँदा आफ्नो मान घट्ने भन्दै उनले काम खल्तीकै सिइओको गरे पनि अर्कै पद मागेका थिए । सोही अनुसार आइएमईले ग्रुप भाइस प्रेसिडेन्ट बनाएर उनलाई लगेको हो ।

उनलाई आइएमई ग्रुपको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने जिम्मेवारी दिइएको छ । यसो त उनले इसेवाकै तलव खाएर खल्तीमा अघोसित कन्सल्टेन्टको रुपमा काम गर्दै आएका थिए । खड्का तिनै हुन्, जसले इसेवाको सिइओ हुँदा इसेवा दर्जनौँपटक बिग्रेको थियो।  इसेवामा समस्या आउँदा खल्तीमा ग्राहक बढेका थिए ।

इसेवाको तलव खाएर खल्तीका लागि काम गरिरहेको चाल पाएपछि इसेवाले खड्काको कार्यकाल नविकरण नगर्ने र नबिलका निरज शर्मालाई सिइओ बनाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले गरेको ‘इन्स्पेक्सन’ले इसेवामा आन्तरिक सुशासन अत्यन्तै कमजोर भएको निष्कर्ष निकालेपछि थालिएको आन्तरिक छानविनमा खड्का खल्तीमा बढी लगाव दिइरहेको खुलेको इसेवाका एक संचालकले पुष्टि गरेका छन् ।

इसेवामा हुँदा दिनहूँजसो समस्या आइरहने, ग्राहक समस्या सुनुवाई नहुनेजस्ता समस्या देखिइरहेकै बेला खड्का प्रतिष्पर्धी कम्पनीमा जान लागेको खबर अर्थ सरोकारले ब्रेक गरेको थियो । उनले यो विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले आफूसँग जवाफ नै नभएको भन्दै अर्थ सरोकारको फोन नउठाउने गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK