काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लामो समयदेखि ठगीमा संग्लंग संचालकले चलाईरहेको खुलासा भएको छ । कम्पनीका सञ्चालक विनोद केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार ठगी केसमा पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो ।
उनी २०७९ फागुन १० गते कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । कम्पनीले पनि आफ्ना संचालक ठगी केसमा पक्राउ परेको पुष्टी गरेको छ ।
उनलाई बुधबार नै पक्राउ गरिएको तथ्य बाहिरिएको छ । केसीलाई मलेसिया रोजगारीका नाममा भएको करिब २ अर्ब हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।
केसी २०७९ फागुन १० गते आइएमई लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । केसीसँगै तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पनि सीआईबीले पक्राउ गरेको छ ।
यता सीआईबीले सोही प्रकरणमा नेपाल सरकारका पूर्व मुख्यसचिव टेकनारायण अर्याललाई पनि पक्राउ गरिसकेको छ । त्यस्तै, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवम् सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल, तत्कालीन कानुन अधिकृत एवम् उपसचिव निर्मला गुरुङलाई पनि सीआईबीले पक्राउ गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्