काठमाडौँ । इसेवा घोटाला बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान) भित्र अहिले माहोल नबिगार्ने, र अर्कोपटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य हुनेगरी अगाडी बढ्ने आन्तरिक सहमति भएको छ । क्रिकेट संघका एक पदाधिकारीले इसेवामा भएको घोटालाबारे अहिले बोल्दा माहोल बिग्रिने भएकाले खेल सकिएपछि त्यसको थप छानविन गर्ने, र अर्को पटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य घोषणा गर्नेगरी अगाडी बढ्ने सहमति भएको छ ।
इसेवामा आज (शुक्रबार) बुकिङ्ग नखुल्दै टिकट सोल्ड आउट देखिएको थियो । एआई बट प्रयोग गरेर टिकट किन्ने काम भएको तथ्य स्वयम् इसेवाका कर्मचारीले पुष्टी गरेपछि क्यानले पनि यस विषयमा सोधपुछ गरेको थियो । लगत्तै माहोल जस्तोसुकै तरिकाले बिग्रिने देखेपछि क्यानले तत्काल विज्ञप्ति निकालेर माहोल शान्त बनाउने, र खेलपछि इसेवाको सुरक्षा कमजोरीबारे थप छानविन गर्न सम्बन्धित निकायको सहयोग माग्ने सहमति गरेको हो ।
सोहि सहमति अनुसार क्यानले विज्ञप्ति निकालिसकेको छ । यद्यपी विज्ञप्ति निकाल्दा क्यानले अत्याधिक डिमाण्ड बढेकाले केहि मिनेटमै टिकट सोल्ड आउट भएको सफेद झुट बोलेको छ । जवकि बुकिङ्ग नखुल्दै इसेवाको सिष्टमले सबै टिकट सोल्ड आउट भएको देखाईसकेको थियो ।
इसेवा सबैभन्दा बढी बिग्रिने वालेट हो । केहि समयअघि मात्र इसेवाबाट खल्तीमा इसेवाका पूर्व सीइओ नियुक्त हुनुलाई कर्पोरेट ब्राण्ड वारको रुपमासमेत हेरिएको छ ।
इसेवाको घोटाला बाहिरिएपछि दर्शकले चर्को नाराबाजी गरेका थिए । इसेवामा सम्भावित तोडफोड रोक्न इसेवाले क्यानलाई विज्ञप्ति निकालिदिन अनुनय विनय गरेको थियो भने सबै काम प्रक्रिया अनुसार नै भएको भनी मिडिया ट्रायल गर्ने सहमतिसमेत इसेवाभित्र भएको थियो । सोहि अनुसार इसेवा निकट मिडियाहरुले टिकट नपाएकाहरु बिरोध गर्न पुगेको आशयको खबर प्रकाशन / प्रशारण गरिरहेका छन् ।
यसअघि पनि इसेवाबाट स्क्यामरले ४००० को टिकट १० रुपैयाँ तिरेर किनिरहेको तथ्य बाहिर आएको थियो । सो समाचार सार्वजनिक भएपछि सो सुरक्षा कमजोरी पत्ता लगाउनेलाई इसेवाले पुरस्कार नै दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्