काठमाडौँ । इसेवाको सुरक्षा कमजोरीको फाइदा उठाउँदै विभिन्न व्यक्तिहरुले बट प्रयोग गरेर बुकिङ्ग खुल्नु अघि नै टिकट किनेको पाइएको छ । इसेवाका प्राविधिक कर्मचारीले ९४५ वटा बट कारोबार भएको पुष्टी गरेका छन् ।
इसेवाका ती कर्मचारीका अनुसार एक नम्बरबाट ७ वटासम्म टिकट काटिएको छ भने यस्ता बट कारोबारको संख्या ९४५ भेटिएको छ । ती सबै कारोबारमा समान प्रकृतिको १७ लाइनको कोड प्रयोग गरिएको छ । टिकट बुकिङ्ग खुल्नु अघि नै इसेवाको सिष्टममा अनाधिकृत रुपमा प्रवेश गरी, ठ्याक्कै टिकट बुकिङ्ग गरेको समयमा टिकट खरिद हुनेगरी कोड लेखेर टिकट खरिद गरिएको छ ।
‘२७ लाइनको कोड लेखिएको छ । जस अनुसार बटले इसेवाभित्र प्रवेश गरेर ठ्याक्कै बुकिङ्ग खुल्ने समय मिलाएर टिकट खरिद गरेको छ । बटले टिकट होल्ड गरेका कारण केहि सेकेण्ड अघि नै टिकट सोल्ड आउट देखिएको हो ।’, इसेवाका ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘बट प्रयोग गरेर कारोबार गर्नु नै अपराध भने होइन । कतिपय देशमा, बटको प्रयोग गरेर सेयर लगायत अन्य कारोबार पनि गरिन्छ । तर इसेवाको सिष्टममा जुन फायरवाल हुनुपर्थ्यो, सो नभएका कारण बटले सिष्टमभित्रै पहुँच पाएको देखिन्छ ।’
इसेवाका ती कर्मचारीका अनुसार बट प्रयोगबारे प्राविधिक टोलीले मात्र थाहा पाउँछ । उनका अनुसार फाइनल खेल मात्र होइन, यस अघिका थुप्रै खेलमासमेत यसरी बट प्रयोग गरेर टिकट खरिद गरिएको रिपोर्ट इसेवालाई थियो । तर गैर प्राविधिक नेतृत्व भएकाले व्यवस्थापनले यो विषयलाई सिरियसली नलिएको उनको भनाई छ ।
‘हामी टेक्निकल मान्छेलाई बट प्रयोग गरेर हुने यस्ता गतिविधि सामान्य लाग्छन् । संसारभर विभिन्न काम बटलाई गर्न लगाउने वा एआई प्रयोग गर्नु अन्यथा होइन । तर बट इसेवाको सिष्टमभित्रै प्रवेश गर्नु सिरियस कुरा हो । अहिले इसेवाले लुकाउन खोजेको र अरुले नबुझेको टेक्निकल कुरा पनि यहि हो ।’ इसेवाका ती कर्मचारीले भने ।
इसेवाका कर्मचारीहरुका अनुसार ५००० टिकट हाराहारी त्यसरी बट प्रयोग गरेर किनिएको छ । बाँकी अन्य सामान्य रुपमा टिकट किनिएको छ । केहि दिन अघि नै इसेवाको सिष्टम भित्र प्रवेश गर्ने कोड विभिन्न ग्रुपमा लिक भएको र सोहि अनुसार धेरैले टिकट जम्मा गरेको ती कर्मचारीको भनाई छ ।
‘एक जनाले ५-७ वटा टिकट त किनिहाल्छ नि भन्ने जस्तो देखिए पनि, एकै व्यक्तिले एक क्लिकमै ४७३ वटासमेत टिकट किनेको देखिएको छ । सामान्य फायरवाल प्रयोग गरेर सुल्झिने विषय समयमा नै ख्याल नगर्दा इसेवाले ठुलो आलोचना सहनुपरेको छ ।’ ती कर्मचारीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्