Skip to content
LAXMI SUNRISE BANK

इसेवाबाट ‘एआई बट’ प्रयोग गरेर १००० रुपैयाँमा किनेको एनपीएलको टिकट एउटाकै ७५०० सम्म ‘ब्ल्याक’मा बिक्री !

अर्थ सरोकार

काठमाडौँ । इसेवाबाट ‘एआई बट’ प्रयोग गरेर १००० रुपैयाँमा किनेको एनपीएलको टिकट प्रति टिकट ७५०० रुपैयाँसम्म बिक्री भईरहेको पाइएको छ । एआई बट प्रयोग गरेर किनिएका सो टिकटहरु सामाजिक संजालमार्फत बिक्री भईरहेको पाइएको छ ।

इसेवाको प्राविधिक कमजोरीको फाइदा उठाउँदै इसेवामा बट प्रयोग गरेर टिकट खरिद गरिएको थियो । सो टिकटहरु नै अहिले ब्ल्याकमा बिक्री भईरहेको पाइएको हो ।
ब्ल्याकमा टिकट बेच्नेहरु टियु ग्राउण्डमैसेमत सक्रिय भईरहेको पाइएको छ ।

यस विषयमा प्रहरीले गलत कुरामा आफ्नो निगरानी हुने भए पनि हालसम्म उजुरी न आएको बताएको छ ।

एनपीएलको फाइनल खेल आज (शनिबार) सम्पन्न हुँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK