Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १५.३९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६३८.९५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK